धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानले संचालन गरेको कोभिड १९ अस्पतालमा उनीहको उपचार भइरहेको थियो । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार मृत्यु हुनेमा धरान–११ का ७५ वर्षीय पुरुष, धरान–१३ का ४३ वर्षीय महिला र धरान ५ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा मृत्यु भएका तीनै जनामा कुनै न कुनै दीर्घ रोगको समस्या रहको पोखरेलले बताए । योसँगै धरान उपमहानरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP