धरान उपमहानगरको २ अर्ब ३ करोड ६४ लाख बराबरको बजेट प्रस्तुत

दिप खबर
असार १०, २०७८

सुनसरीको धरान उपमहानगरले कुल २ अर्ब ३ करोड ६४ लाखको बजेट नगरसभामा प्रस्तुत भएको छ । यो बजेट चालु आर्थिक बर्ष २०७७÷७८ भन्दा करिब २६ करोड बढी हो । चालु आर्थिक बर्षको बजेट १ अर्ब ७७ करोड रहेको थियो । आगामी आर्थिक बर्षको बजेटमा धरानको २० वटा वडाको लागि २८ करोड बजेट विनियोजन गरिएको छ ।

वडालाई दिइएको यो बजेट चालु आर्थिक बर्षको भन्दा ४ करोड बढी हो । मेयर कोषमा १ करोड २० लाख, मर्मत कोषमा ५० लाख, आकस्मिक कोषमा ३० लाख विनियोजना गरिएको छ भने चालु भैपरी आउने खर्चमा २० लाख र विपद व्यवस्थापन कोषमा १ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरि, पर्यटनमा ३५ लाख, युवा तथा खेलकुदमा १ करोड बजेट विनियोजन गरिएको छ । नगरस्तरीय ६३ वटा आयोजनाहरुको लागि १८ करोड ३१ लाख विनियोजना गरिएको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी कार्यक्रमको लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP