नेपाली राष्ट्रिय महिला फुटबल टिमकि फरवार्ड शावित्रा भण्डारीको उपचार कतारमा हुने भएको छ। उनि असार १२ गते उपचारका लागि त्यसतर्फ जाँदैछिन।
उनि खेलकोक्रममा घुँडामा चोट लागेपछि अहिले मैदानभन्दा बाहिर छिन।
राष्ट्रिय महिला लिग खेलमा नेपाल सशस्त्र पुलिस क्लबका लागि खेल्दा भण्डारी घाइते भएकी थिइन। उनको दाहिने घुँडामा चोटपटक लागेको थियो। उनको लिगामेन्टमा चोट लागेकोले खेल असमर्थ भएकि थिईन। उनलाई नेपाली महिला फुटबल खेलाडीमा अब्बल दर्जाको खेलाडी मानिन्छ। उनले नेपालका साथै अन्य मुलुकमा समेत गएर व्यवसायिक खेल खेलिसकेकि छिन।
यसअघि नेपाली पुरुष फुटबल खेलाडीहरु बिक्रम लामा र बिमल घर्ती मगरको उपचार पनि कतारमै गरिएको थियो।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP