यूईएफए युरो कपमा आज चार खेल हुँदैछन्। आज हुने खेलमा समूह ‘ई’ र ‘एफ’ समान २/२ खेल हुनेछन्।
आज बेलुकी पौने दश बजे समूह ‘ई’ का दुई खेल हुनेछन्। जसमा पोल्याण्ड र स्वीडेन तथा स्पेन र स्लोभाकिया भिड्नेछन।
क्रिस्टोभ्स्की स्टेडियममा हुने खेलमा चार अंक जोडेर समूहको शीर्षस्थानमा रहेको स्वीडेनलाई १ अंक जोडेको पोल्याण्डले चुनौती दिनेछ। स्वीडेनले आफ्नो पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा स्लोभाकियालाई हराएको थियो। त्यस्तै पोल्याण्डले यसअघिको खेलमा स्लोभाकियासँग पराजय ब्यहोरेको थियो भने स्पेनसँग बराबरी खेलेको थियो।
त्यस्तै उपाधि दाबेदार मानिएको स्पेनले यसअघिका दुई खेलमा स्वीडेन र पोल्याण्डसँग बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको थियो। स्लोभाकियाले पोल्याण्डलाई हराएको थियो भने स्वीडेनसँग पराजित भएको थियो। समूहमा स्वीडेन ४ अंकसहित शीर्षस्थानमा छ भने ३ अंक जोडेको स्लोभाकिया दोस्रो, दुई अंक जोडेको स्पेन तेस्रो र एक अंक जोडेको पोल्याण्ड तालिकाको पुछारमा छ।
त्यस्तै आज राति नै हुने समूह ‘एफ’का खेलहरुमा पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरी आमनेसामने हुनेछन्।
शीर्ष स्थानमा रहेको फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा जाने लक्ष्यका साथ उत्रने छ भने पोर्चुगल पनि आजको खेलमा जित निकालेर समूह विजेता बन्ने होडमा हुनेछ। यद्यपि यसका लागि जर्मनीको नतिजाले पनि प्रभावित पार्नेछ। पोर्चुगल र जर्मनीको समान ३/३ अंक छ। जर्मनीले राति नै हुने खेलमा फ्रान्ससँग बराबरी र पोर्चुगलसँग पराजय ब्यहोर्दै १ अंक जोडेको हंगेरीको समाना गर्नेछ। यदि फ्रान्सले पोर्चुगललाई हराएको खण्डमा हंगरीले जर्मनीलाई हराए शीर्ष दुईमा रहँदै हंगेरीले अन्तिम १६ को यात्रा तय गर्न सक्नेछ।
दुबै खेल राति पौने १ बजे सुरु हुनेछ। र, आजका चार खेलसँगै समूह चरणका खेलहरु सकिनेछन्।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP