टेलिकमको मोबाइल नेटवर्कको समस्या समाधान

टेलिकमको मोबाइल नेटवर्कको समस्या समाधान

नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका प्रयोगकर्ताले बुधबार विहान पाैने ७ देखि मोबाइलमा भ्वाइस सेवा अवरूद्ध भएकाे थियाे ।

कोर नेटवर्कमा रहेको एचएलआर सिस्टमको खराबी पत्ता लागेकाे र साेकाे मर्मत पछि मोबाइल सेवा सुचारू भएके टेलिकमले उल्लेख गरेकाे छ । एचएलआर सिस्टमले हरेक ३० मिलि सेकेन्डमा प्रयोगकर्ताको लोकेसन अपडेट गर्नेगर्छ । तर सिस्टमको खराबीका कारण प्रयोगकर्ताको लोकेसन ट्रेस हुन नसक्दा कल नलाग्ने समस्या उत्पन्न भएको थियो ।

टेलिकमबाट टेलिकमकै नम्बरमा फाेन नलागेपनि अन्य सेवा प्रदायकमा भने कल लाग्ने गरेकाे थियाे । कहिंकतै भने टावर नै नदेखाउने समस्या देखिएकाे थियाे ।