सुनसरीको इटहरी स्थित पर्यटकीय स्थल तालतलैयाका विभिन्न स्थानमा जस्मिन पेन्ट्सले जथाभाबी गरेको विज्ञापनका बोर्ड हटाएको छ । कम्पनी र तालतलैया संरक्षण तथा विकास समिति बिच भएको सहमति बदर गर्दै कम्पनीले आफ्नो विज्ञापन हटाइएको हो ।
केही समय अघि समिति र कम्पनीका प्रतिनिधिको सहमतिमा रङ लगाएर कम्पनीको नाम राख्ने सहमति भएको थियो ।
कम्पनीले काम भन्दा नाम ठुलो गरेर आफ्नो विज्ञापन गरी रहेको भन्दै दीप खबरमा समाचार प्रकाशित भएको थियो ।
हाल कम्पनीले चिल्ड्रेन पार्क, शौचालय तथा वनभोज स्पोर्टमा लेखिएका सम्पूर्ण सामग्री हटाएको छ । कम्पनीले कुनै कुनै स्थानमा मात्रै आफ्नो लोगो प्रयोग गरेको छ ।
तालतलैया संरक्षण समितिका अध्यक्ष वीर बहादुर लिम्बुले कम्पनी सँग सहमति गर्ने विषयमा आफ्नो कमजोरी रहेको बताए । कम्पनीले मनोमानी गरेको विषय समाचारमा आएपछि आफुँले सबै निर्णय बदर गर्दै तत्काल नाम हटाउने, कम्पनीका प्रतिनिधिलाई बोलाएर साईडमा सानो लोगो मात्रै राख्ने निर्णय भएबमोजिम नै काम गरेको बताए । अबका दिनमा यस्तो निर्णय गर्ने विषयमा सोचेर मात्रै निचोड लिने समेत अध्यक्ष लिम्बुले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP