आज विश्व संगीत दिवस नेपालमा पनि मनाईदै

आज विश्व संगीत दिवस नेपालमा पनि मनाईदै

आज जुन २१ अर्थात विश्व संगीत दिवस । संगीतको उपहारका लागि संंगीतकार र गायकहरूलाई सम्मान गर्न, यो दिवस मनाइन्छ । संगीत विनाको संसारको कुन अर्थ हुँदैन ।

विश्व संगीत दिवसलाई ‘फोटे दे ला म्यूजिक’को नामले पनि चिनिन्छ,। विश्व संगीत दिवस पहिलो पटक फ्रान्सको सोल्टाइसमा सन १९८२ मा मनाइएको थियो। तत्कालीन फ्रान्सेली कला र संस्कृति मन्त्री, जैक लान्जे र मौरिस फ्लेउरेटले पेरिसमा फेटे डे ला म्युजिक उत्सव सुरू गरेका थिए ।

मौरिस फ्लेउरेटे एक फ्रान्सेली संगीतकार, संगीत पत्रकार, महोत्सव आयोजक र रेडियो निर्माता हुन्, जसको विश्व संगीत दिवस मनाउने परम्पराका एक महत्वपूर्ण व्यक्ति हुन् । यो दिवस नवोदित संगीतकर्मी, युवा र पेशेवर संगीतकारहरूलाई प्रदर्शन गर्नको लागि हौसला प्रदान गर्न र प्रोत्साहानका लागि मनाइन्छ ।

जुन २१ मा १ सय २० भन्दा बढी देशहरूले विश्व संगीत दिवस मनाउने गरिन्छ । अन्य देशहरूमा पार्क, स्टेडियमहरू र सार्वजनिक स्थानहरूमा निःशुल्क सार्वजनिक कन्सर्टहरू आयोजना गर्दै यो दिवस मनाउने गरिन्छ । संगीत प्रेमीहरूले यस विशेष दिनमा विभिन्न संगीत कन्सर्ट र कार्यक्रमहरू आयोजना गर्ने गर्दछन् ।

संगीतको महत्त्व र मानवको शारीरिक र मानिसक शरीर स्वस्थ राख्नका लागि दिवस मनाउने संगीतकारहरूको भनाइ छ । धेरै अध्ययन र अनुसन्धानका अनुसार संगीतले तनाव कम गर्ने, राम्रो निद्रा प्रदान गर्ने र क्रियाशील रहन मद्दत गर्ने कुरा प्रमाणित भएको छ ।

संगीत चिकित्साले मानसिक समस्याहरूसँग लड्ने व्यक्तिहरूका लागि चमत्कारिक प्रमाणित भएको र यसले व्यक्तिको शारीरीक र मानसिक तन्दुरुस्तामा सहयोग गर्न मद्दत गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।