‘पिको’ सुनसरीको सहकार्य तथा ओरन्टो मल्टिट्रेडद्धारा एक सय परिवारलाई खाद्यान्न वितरण

दिप खबर
असार ६, २०७८

सुनसरीको विभिन्न स्थानमा ओरन्टो मल्टिट्रेड प्रालिले सय घर परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

‘पिको’ सुनसरीको सहकार्य तथा ओरन्टो मल्टिट्रेड प्रालिको आयोजनामा एक लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो ।

कोरोना महामारीका कारण दैनिक ज्याला मजदुरीमा काम गर्ने, विपन्न तथा गरिब बर्गलाई समस्या भएको भन्दै प्रतिपरिवार चामल नुन तेल लगायतको खाद्यान्न सामग्री वितरण गरेको ओरन्टोका प्रमुख कार्यकारी अधिकृत अशोक विष्टले जानकारी दिए ।

दैनिक उपभोग्य सामानको अभावमा ती परिवारको चुल्हो नबलेको भन्दै केही समय भएपनि राहत हुने भन्दै सामग्री वितरण गरिएकोे मधेशा घर भई हाल बहिरी देशमा रहेका ओरन्टोका संस्थापक निर्देशक राकेश पन्तले जानकारी दिएका छन् ।

यसले कोरोनाका कारण खाना खान नपाएका समुदायको छक टर्ने उनले बताएका छन् । दैनिक ज्याला मजदुरी गरेर खाने समुदायको जीवन रक्षाका लागि राहत वितरण गरिएको कम्पनीले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP