पोर्चुगलका कप्तान तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजसँग कीर्तिमानी बराबरी गरेका छन् ।
१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत जर्मनीविरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानी क्लोजसँग कीर्तिमानी बराबरी गरेका हुन् । जर्मनीविरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त १९ औं गोल संख्या पूरा गरे ।
विश्वकप र युरोमा संयुक्त १९ गोल गर्ने रोनाल्डो दोस्रो खेलाडी हुन् । यस अघि क्लोजले मात्र १९ गोल गरेका थिए । जर्मनीका लिजेण्ड गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् । ३६ वर्षीय रोनाल्डोले युरोकपमा १२ र विश्वकपमा ७ गोल गरेका छन् ।
रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन् । ३६ वर्षीय रोनाल्डोको नाममा पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP