झलनाथ खनालको स्वास्थ्यमा सुधार

झलनाथ खनालको स्वास्थ्यमा सुधार

पोस्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि दिल्ली गएका नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार आइरहेको ।

नेता खनालका पुत्र निर्भिक खनाललाई उद्धृत गर्दै एमाले नेपाल–खनाल पक्षका केन्द्रीय सदस्य डा.विजय पौडेलले जानकारी दिएका छन् । आइतबार दिउँसो आफूले निर्भिक खनालसँग भाइबरमा कुरा गरेको पौडेलले बताएका छन् । ‘निर्भिक खनालसँग भाइबरमा कुरा भयो। कमरेड झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार हुँदैछरे’ पौडेलले जानकारी दिए । 

एक साता जतिमा नेता खनाल अस्पतालबाट डिस्चार्ज हुने सम्भावना रहेको निर्भिकले जानकारी दिएको पौडेलले बताए । कोरोना संक्रमण भई नर्भिक अस्पतालमै उपचार गरेर घर गएका खनाल जेठ ३१ गते फेरि नर्भिकमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नभएपछि असार २ गते उनलाई दिल्ली लगिएको थियो ।