देउवाको महाधिवेशन केन्द्रित सक्रियता

देउवाको महाधिवेशन केन्द्रित सक्रियता

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन्। आज बागमतीका केन्द्रीय सदस्यहरूसँग बूढानीलकण्ठमा छलफल गरिरहेका हुन्। 

भदौमा हुने पार्टीको १४औं महाधिवेशन तयारीका लागि देउवाले छलफलाई तीव्रता दिएका छन्। शनिबार उनले प्रदेश १ र २ का केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। 

देउवाले पुनः सभापतिमा उठ्ने तयारी गरहेका छन्। उनले आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। यस्तै आजै गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग पनि देउवाले छलफल गर्दैछन्। दिउँसो ३ बजे छलफल हुने देउवा निकट एक नेताले बताए। 

कांग्रेसले भदौ १६–१९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ।