देशका विभिन्न ठाउँमा नदीका बहाव बढ्ने

देशका विभिन्न ठाउँमा नदीका बहाव बढ्ने

आइतबार पनि मुलुकको अधिकांश स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विज्ञप्ती जरी गरी नदी असापासमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

विभागका अनुसार आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमन छ । “कन्काई कमला, बागमती र यसका सहायक नदीमा बहाब बढ्दो हुने तर सतर्कता तलै हुने पश्चिम राप्ती, तिनाउ, बबईका केही साना नदीमा बहाब केही बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान छ,” विभागद्वारा प्रकासित बुलेटिनमा उल्लेख छ, “प्रदेश २, बागमती प्रदेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मध्यपहाडि, तराई र चुरेको भू–भाग भई बहने साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने अनुमान गरिएको छ ।”