कोकाकोला कम्पनीको बजार भाउ चार अर्बले घट्यो

असार ३, २०७८

युरो २०२० को प्रेस सम्मेलनमा सोमबार विश्व चर्चित फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दिक्क मानेजसरी दुईवटा कोकाकोलाको बोतल आफ्नो अगाडिबाट हटाएका थिए, त्यो वास्तवमा यो समारोहको सबैभन्दा प्रमुख स्पन्सर थियो ।

कोकको बोतल हटाएर उनले पोर्चुगिज भाषामा ‘पानी’ भन्दै पानीको बोतल बीचमा राखेका थिए, यो घटना अहिले सबैतिर चर्चामा आएको छ ।

यसरी युरोपियन च्याम्पियनसिपको प्रेस सम्मेलन सकिँदासम्म कोकाकोलाको सेयर मूल्य १.५ प्रतिशतले घटेको थियो । यसले कम्पनीको बजार भाउमा थप प्रभाव पार्दा चार अर्बसम्म गिरावट आएको बताइएको छ ।

यस घटनाबारे युरो २०२० का प्रवक्ताले भनेका छन्, “खेलाडीहरुलाई पानीसँगै कोकाकोला र ‘कोकाकोला जिरो सुगर’ प्रदान गरिएको थियो । र, यसमा सबैलाई आफ्नो इच्छाअनुसारको पेयपदार्थ छनोट गर्ने अधिकार छ ।”

रोनाल्डोसँग सम्बन्धित यस घटनालगत्तै अर्का खेलाडी फ्रान्सका पल पोग्बाले पनि उनलाई पछ्याउँदै प्रेस सम्मेलनकै समयमा ‘हेइनेकेन बियर’को बोतल आफ्नो अगाडिबाट हटाएर टेबलको तल राखिदिएका थिए । यसो गर्दैगर्दा उनले केही बोलेका छैनन् । यो घटनालाई रोनाल्डोसँग जोडेर अधिक चर्चा भइरहेको छ ।

स्वास्थ्य र फिटनेसप्रति समर्पित रहनमा रोनाल्डो प्रख्यात मानिन्छन् । यसअघि, उनले दिनमा पाँचपटक खाने गरेको र पाँचचोटि दिउँसो ‘न्यप लिने’ अर्थात् छोटो अवधिका लागि सुत्ने गरेको पनि आफैँले खुलासा गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP