निमित उडान सुरु गर्ने सीसीएमसीको निर्णय

असार ३, २०७८

सरकारले नेपालबाट विश्वका विभिन्न मुलुकमा हुने र आन्तरिक उडानहरुलाई खुकुलो बनाउने भएको छ ।निषेधाज्ञालाई खुकुलो बनाएसँगै बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको बैठकले नेपालबाट विश्वका विभिन्न मुलुकमा हुने अन्तराष्ट्रिय र आन्तरिक उडानहरुलाई खुकुलो बनाउने निर्णय गरेको हो ।

मलेसिया, साउदी अरेयिबा, युएई, जापानलगायत देशहरूसँग हवाई सेवा खुकुलो बनाउने निर्णय भएको स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिए । मन्त्री तामाङका अनुसार सम्भवतः यो साताभित्रै अन्तराष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धलाई केही खुकुलो बनाउने तयारी हुनसक्छ । सरकारले जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतार, टर्की र चीनबाट सातामा एक उडान सञ्चालन गर्दै आइरहेको छ ।

त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएर होटल क्वारेण्टीनमा बस्न नसक्ने श्रमिकलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले १५ दिन होटल क्वारेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । सरकारले खाडीका देश र मलेसियाबाट श्रम गरी फर्कने नेपालीका लागि १५ दिन होटल क्वारेण्टीनमा बस्नुपर्ने अनिवार्य गरेको छ । अन्तर्राष्ट्रियसँगै आन्तरिक उडान पनि बिस्तारै खुलाउने तयारी गरिएको मन्त्री तामाङले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP