जसपा उपेन्द्र यादव पक्षको बैठक बस्दै

दिप खबर
असार ३, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

विभाजनको संघारमा रहेको जसपाको यादव पक्षको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेतामाथि गरिएको कारवाही सन्दर्भमा निर्वाचन आयोगले दिएको निर्णयबारे निर्णय लिने बताइएको छ ।

बैठकमा जसपाको वैधानिकता दावी गर्ने विषयमा निर्वाचन आयोगसंग परामर्श गर्नेसहित अन्य संवैधानिक उपायबारे छलफल हुने जनाइएको छ ।

आज विहान ११ बजेपछि बस्ने बैठकलाई ठाकुर पक्षले भने अस्वीकार गरेको छ । ठाकुरले बुधबार नै विज्ञप्ति जारी गर्दै यादव पक्षले बोलाएको बैठक वैधानिक नभएकोले सहभागी नहुन कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP