पूर्वप्रधानमन्त्री खनाल थप उपचारको लागि आज दिल्ली जाँदै

दिप खबर
असार २, २०७८

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि आज दिल्ली जानुहुने भएको छ ।

केही दिनअघिबाट अस्वस्थ बन्नु भएका नेता खनाल भारतको दिल्लीस्थित एपोलो अस्पतालमा जानुहुने बताइएको छ । उहाँले यसअघि पनि सोही अस्पतालमा उपचार गराउदै आउनु भएको थियो । उहाँ बुधबार मध्यान्न दिल्ली उड्ने तयारी भएको उहाँको सचिवालयले जनाएको छ ।

एकसाता अघिबाट नै ज्वरो, थकान र स्वास फेर्न समस्या भएपछि उहाँ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँलाई त्यहाँ वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार गराइदै आएको थियो ।

उहाँलाई चिकित्सकहरुले कोरोना पछिको समस्या हुनसक्ने बताएका थिए । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको चिकित्सकहरुले बताएका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP