आज कहाँ–कहाँ छ, बाढीको जोखिम?

असार २, २०७८

लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी आइरहेको छ।

मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा बाढी तथा पहिरोले ठूलो मात्रामा जनधन क्षति गरिरहेको छ।

यसैकारण मौसमविद्ले बाढी, पहिरो तथा डुबानको जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न तथा सतर्कता अपनाउन अपिल गरिरेहका छन्।

यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज कहाँ कहाँ बाढी आउँछ भनेर अनुमानसहितको सूचना जारी गरेको छ।

महाशाखाका अनुसार आज कालिगण्डकी, भेरी, पश्चिम राप्ती, तिनाउ, बबईलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बाढी आउने सम्भावना छ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान ७ बजे जारी गरेको ३ दिनसम्मको अनुमानित बाढी विवरणः

badhi suchana2

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP