अरुण भ्याली हाइड्रोपावरले ४ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याउदै

असार २, २०७८

अरुण भ्याली हाइड्रोपावरले ४ लाख ३५ हजार बढी कित्ता शेयर लिलामी बिक्री गर्ने भएको छ ।

कम्पनीले असार ९ गतेदेखि हकप्रदमा अवितरित सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । 

कम्पनीले गत वैसाख ६ देखि जेठ २ गतेसम्म हकप्रद विक्री खुला गरेको थियो । उक्त शेयर खरीदका लागि असार १६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । 

यो शेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP