सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप १३ जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ३१ नमुना परीक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो।
धनगढीका ५ जना, कैलालीका अन्य स्थानका २ जना र कैलाली बाहिरका ६ जना रहेका अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
उनका अनुसार ३ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना हुँदा ९ जना सङ्क्रमणमुक्त भएका छन् । हाल अस्पतालमा १५ सङ्क्रमित उपचाररत छन्।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP