जर्मनीले ४ अर्ब ८० करोड अनुदान दिने

दिप खबर
जेष्ठ ३१, २०७८

संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरूप ४ अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरूप रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । 

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सोमवार अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका जर्मनीको राजदूतावासले जनाएको छ । 

नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दीगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि रकम प्रदान गरिने दूतावासले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP