स्वास्थ्यमा समस्या देखिएपछि नेकपा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झनाल खनालको अक्जिसनको सहायताले उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
बिहान पौने ८ बजेतिर भर्ना गरिएका खनालको अक्सिजनको सहायताले उपचार भइरहेको अस्पतालले जनाएको छ । विगत ९ दिनदेखि ज्वरो आएको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
खनाललाई धकान महशुस हुने, श्वास फेर्न गाह्रो हुने समस्याहरु देखिएका छन् । अहिले खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । सामान्य अवस्थामा रहनुभएको नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।
उपचारमा संलग्न चिकित्सककाअनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको अस्पतालले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP