भारतमा नयाँ संक्रमित साढे २ महिनायताकै कम

जेष्ठ ३१, २०७८

कोरोनाको दोस्रो लहरले सबैभन्दा बढी प्रभावित मुलुक भारत नै हो । पछिल्लो दिनमा भारतमा संक्रमितको संख्या निरन्तर घटिरहेको छ ।

आइतबार भारतमा ६८ हजार ३६२ नयाँ संक्रमित थपिएको भारतीय मिडियाले जनाएका छन् । यस अवधिमा १ लाख १३ हजार संक्रमित ठिक भएका छन् । 

मृत्यु हुनेको संख्या भने उच्च नै देखिन्छ । आइतबार भारतमा कोरोना संक्रमणबाट ३ हजार ८८० जनाको मृत्यु भएको छ । आइतबार भारतमा थपिएको नयाँ संक्रमतिको संख्या पछिल्लो अढाइ महिना यताकै कम रहेको भारतीय मिडियाले जनाएका छन। 

तर मृत्यु हुनेको संख्या भने उच्च देखिन्छ । दोस्रो लहरको सबैभन्दा पिक अवस्थामा पुगेको दिनमा भारतमा ४ लाख १४ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए । उक्त दिन मृत्यु हुनेको संख्या करिब ३९०० थियो। 

अहिलेसम्म भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ करोड ९५ लाखमाथि पुगिसकेको छ। ३ लाख ७४ हजारको मृत्यु भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP