नेपालका सय पर्यटकीय स्थलमा परेको तालतलैया बन्यो, निजी कम्पनीको विज्ञापन गर्ने थलो

दिप खबर
जेष्ठ ३०, २०७८

कोरोना कहरले शिक्षा, उद्योग पर्यटन लगायत सम्पूर्ण क्षेत्र सुनसान छन् । मानिसको आवतजावत शून्य छ । अरुबेला भिडभाड हुने स्थान अहिले शान्त छन् । मानिस घरबाहिर निस्केका छैनन्, त्यसै पनि पर्यटकीय स्थल त सुनसान हुने भईहाले ।

तर सुनसरीको इटहरीमा रहेको पर्यटकीय स्थल तालतलैयामा भने फरक दृश्य देखियो । हिउँदको समयमा तपाई हामीले वनभोज खान होस् या जाने बित्तिकै आँखै अगाडी देखिने ठाउँ हुन् वरिपरि रहेका ताल, वन्यजन्तु तथा घरपालुवा जीवजन्तु, हरियाली वन क्षेत्र लगायत महत्त्वपूर्ण कलात्मक शैलीबाट कुँदिएर विभिन्न ढुङ्गाका मूर्ति, तर यति बेला तालतलैयाको परिचय फेरिएको छ । अहिले हामीले त्यहाँ पुग्ने बित्तिकै देख्ने भनेको कुनै एक निजी कम्पनीको ठुला ठुला सेतो अक्षरमा लेखिएको ‘जस्मिन पेन्ट्स’ ।

यो हेर्दा लाग्छ । तालतलैया कुनै एक कम्पनीले खरिद गरिसक्यो । अब त्यस ठाउँ एक कम्पनीको व्यावसायिक विज्ञापन थलो भयो । तालतलैया जाने भनेको विज्ञापन हेर्ने, त्यहाँ भएका विभिन्न मूर्तिका छेउमा फोटो खिच्ने, घर आउने र सामाजिक सञ्जालमा कुनै कम्पनीको विज्ञापन गर्दिने ।

त्यस कम्पनीले बच्चाहरुले खेल्ने चिल्ड्रेन पार्क, वन्यजन्तु भएका स्थान, पर्यटकको रोजाइमा परेका स्थान, वनभोज स्पोर्ट, शौचालयको वरिपरी लगायत ठाउँमा आफ्नो कम्पनीको नाम र लोगो लगाएको छ । यति सम्मकी चिम्पान्जीको मूर्ति राखिएको स्थान जमिन देखि एक बित्ता माथि छ । तर त्यो मूर्ति वरिपरि हरियो कलर लगाएर सेता अक्षर टलक्क टल्काइएको छ । यो हेर्दा लाग्छ । म प्रकतिसगँ रमाउन घुम्न आएको हैन, कुनै कम्पनीको ब्रान्ड कसरी हुन्छ ? भन्ने बुझ्न आएको हो ।

रमाइलो कुरा त यो छ की नेपाल सरकारले नेपालमा सय गन्तव्यको सुचीमा तालतलैयालाई राखेको छ । स्थानीय तह, प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा अन्य संस्थाले समेत उक्त स्थलमा करोडौँ लगानी गरेका छन् । तर छणिक राम्रो देखाउने होडबाजीले यति बेला तालतलैया संरक्षण समिति एक निजीको कम्पनीको स्वार्थमा रहेको छ ।
के कारण पर्यटकीय स्थल बन्यो विज्ञापन गर्ने थलो ?

माथिको चर्चा गरिएको विषय रोचक छ । त्यो निर्णय तालतलैया विकास संरक्षण समितिका अध्यक्ष, सचिव वा महासचिवको एकलौटी निर्णयले भएको हैन । उक्त कम्पनीका प्रतिनिधिले पटक पटक यहाँ कलर लगाउनु पर्ने भए हामीलाई सम्पर्क गर्नु भन्दै आएका थिए । कलर लगाउँदा कम्पनीको सानो लोगो राख्ने अरु कुनै आर्थिक लेनदेन नगर्ने बताएको थियो ।

सोही विषयलाई समितिले निर्णय नै गरेर केही महिना अघि कम्पनीका प्रतिनिधि सँग सम्झौता गरेको थियो । आर्ट बाइ……….. बिचमा आर्थिक लेनदेन नहुने भन्दै सहमति भएको थियो ।

तर उक्त कम्पनीले प्रसार बढी हुने भन्दै काम भन्दा नाम ठुलो बनाएर कम्पनीको नाम र लोगो राखेपछि उक्त कम्पनीको काम देखेर समिति नै असन्तुष्ट बनेको छ । सहमति एउटा, काम अर्को भएको भन्दै समितिले अब के गर्ने भन्ने बारे अन्योल छन् ।

के भन्छन् संरक्षण समिति अध्यक्ष वीर बहादुर लिम्बु ?

तालतलैया विकास संरक्षण समितिका अध्यक्ष वीर बहादुरले उक्त काम प्रति असन्तुष्ट रहेको बताए । दिपखबर सँग कुराकानी गर्दै उनले भने ‘हामीले त राम्रो काम गर्ला, कुनै आर्थिक लेनदेन बिनै राम्रो कलर गर्ने भयो भनेर मक्ख परियो ।

नाम भन्दा काम ठुलो गर्ला भनेको काम भन्दा नाम पो ठुला भयो ।’ लिम्बुले उक्त कम्पनीलाई काम रोक्न लगाउने, बाँकी काम गर्न नदिने, अहिले सम्म जति स्थानमा कलर लगाको छ , सबै ठाउँमा मेट्न लगाउने बताए । यस्तो कम्पनीसँगको सम्झौता यो नै पहिलो र अन्तिम भएको समेत बताए । गर्नै परे संस्थाको हित चिताउने, समाजमा केही गर्छु भन्ने सामाजिक संस्थालाई मात्रै अनुमति दिने उनको भनाई छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP