मुख्यमन्त्रीलाई प्रदेश २ प्रमुखको पत्र

दिप खबर
जेष्ठ ३०, २०७८

प्रदेश २ सकारका प्रमुख मुख्यमन्त्री लालबाबु राउतप्रति प्रदेश प्रमुखले असन्तुष्टि व्यक्त गरेका छन् । उनले मुख्यमन्त्री राउतलाई सरकार समावेशी नबनाएको आरोप लगाएका छन् ।

प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी बनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेख्दै प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई पनि सरकारभित्र प्रतिनिधित्व गराउन अनुरोध गरेका हुन् ।

‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ,’ उनले पत्रमा लेखेका छन् ।

पुनर्गठिन मन्त्रिपरिषद्मा महिलालाई मन्त्री नबनाएको भन्दै एमालेले पनि प्रश्न उठाएको छ । प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा यादव छिन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP