लुकाकुको गोल मैदानमै बेहोस् भएर ढलेका एरिक्सनलाई समर्पण

जेष्ठ ३०, २०७८


युरो कप शनिबार राति भएको खेलमा बेल्जियमले रुसमाथि ३–० को सहज जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गर्यो । बेल्जियमको जितमा नायक थिए रोमोलु लुकाकु । उनले २ गोल गर्दा थोमस मुनिएरले १ गोल थपे ।

खेलको १०औँ मिनेटमा नै लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले पहिलो गोल आफ्ना सहकर्मी क्रिस्टियन एरिक्सनलाई समर्पण गरे ।

एरिकसन शनिबार नै भएको फिनल्यान्ड विरुद्धको खेलमा अचेत भएर मैदानमा ढलेका थिए ।गोल गरेपछि लुकाकुले कर्नर फ्ल्याग तिर गए र आफूसँगै खुसी मनाउन आएका सहकर्मीलाई रोक्दै क्यामेरामा हेर्दै भने ‘क्रिस, क्रिस आइ लभ यु । स्टे स्ट्रङ।’ लुकाकु र एरिक्स दुवै इटालियन क्लब इन्टर मिलानबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।

खेलको म्यान अफ द म्याच घोषित लुकाकुले  पत्रकारसँग कुराकानी गर्दै भने‘ टोलीको जितमा म खुसी छु तर खेल्न निकै गाह्रो भएको थियो र म एरिक्सन चाँडै निको भएको हेर्न चहान्छु ।’एरिक्सनको उपचार कोपेनहेगनस्थित एक अस्पतालमा भइरहेको छ र उनी खतरामुक्त रहेको जानकारी दिइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP