युरो कपमा आज तीन खेल

दिप खबर
जेष्ठ ३०, २०७८

यूईएफए युरो कपमा आज तीन खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा इङ्ग्ल्याण्ड र क्रोएसिया भिड्नेछन्। समूह डि अन्तर्गतको खेलमा साँझ पौने सात बजे वेम्बली स्टेडियममा घरेलु टोली इङ्ग्ल्याण्डलाई क्रोएसियाले चुनौती दिनेछ।

त्यस्तै दोस्रो खेलमा समूह ‘सी’ को खेलमा अस्ट्रिया र नर्थ म्यासोडोनिया प्रतिस्पर्धा गर्नेछन्। रोमानियाँ स्थित नेशनल एरेना स्टेडियममा बेलुकी पौने १० बजे खेल सुरु हुनेछ। त्यस्तै समूह ‘सी’ कै अर्को खेलमा नेदरल्याण्ड्स र युक्रेन प्रतिस्पर्धामा उत्रने छन्। खेल नेदरल्याण्ड्सको एम्सटरड्याम स्टेडियममा पौने १ बजे सुरु हुनेछ।

समूह ‘डी’ मा इङ्ग्याण्ड, क्रोएसिया, चेक रिपब्लिक र स्कटल्याण्ड रहेका छन्। त्यस्तै समूह ‘सी’ मा युक्रेन, नेदरल्याण्ड्स, नर्थ म्यासाडोनिया र अस्ट्रिया रहेका छन्।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP