सामूहिक बलात्कार गर्ने एक जनालाई पक्राउ

सामूहिक बलात्कार गर्ने एक जनालाई पक्राउ

एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार दिउँसो सोही नगरपालिका–५ की एक किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीको दाबी छ । घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको डीएसपी अमरबहादुर थापाले बताए ।

उनका अनुसार दुवै जनाले किशोरीलाई ललाइफकाई नजिकैको नर्सरीमा लगेर बियर खुवाएर सामूहिक बलात्कार गरेका हुन् । बिहीबार दिउँसो घटना भए पनि राति मात्रै प्रहरी कहाँ सूचना आएको थियो भन्दै थापाले पीडित किशोरीको अवस्था सामान्य रहेको बताए ।