सेवालाइ निरन्तरता दिदै लिबरल सोसाइटी

दिप खबर
जेष्ठ २८, २०७८

फरक ढङ्गले सामाजिक कार्य गर्दै आएका  लिबरल सोसाइटीले  ” सङ्क्रमितको घरघरमा डाक्टर ” भन्ने निशुल्क हेल्थ क्याम्पियन सुरु  गरेको छ ।तरहरा हङ्कङ मञ्चको  सहयोग र लायनस क्लब अफ धरान घोपा युनाइटेट चिकित्सकहरुको टोलिको  सहित  लिबरल सोसाइटीद्वारा ईटहरी १९ र २० मा कोरोना भाइरस सङ्क्रमणहरुको घरघरमा गइ  होमआइसुलेसनमा बसिरहेका सङ्क्रमितहरुको निःशुल्क स्वास्थ्य जाच गराएको छ ।

सोसाइटीले नोबेल कोरोना भाईरस विरुद्व बिभिन्न सचेतना कार्यक्रम , सङ्क्रमणहरूका घरघरमा सेनिटाइज तथा माक्स र सेनिटाइजर बितरण गर्दै आएको छ । “यो बर्ष अवस्था निकै गम्भिर भएका कारण इटहरी उपमहानगरपालिकामा धेरै जना होम आइसुलेसन मै बसेर चिकित्सक हरुको सल्लाह लिनु पर्ने हुनाले यो अवस्थालाइ मध्यनजर गर्दै ‘सङ्क्रमितहरुको घरघरमा डाक्टर’ भन्ने निःशुल्क हेल्थ क्याम्पियन को आयोजना गरेको अध्यक्ष सुबेक्छु देवान राईले बताए । राईका अनुसार घरमै बसि कसरी  सुरक्षित रहने  , सङ्क्रमित ब्यक्तिहरुले अप्नाउनु पर्ने सावधानी केके हुन ? ब्याम र पौष्टिक आहार के के सेवन गर्ने जस्ता कुराहरुको सल्लाह दिदै औषधी ,भिटामिन तथा माक्स र सेनिटाइजर पनि बितरण गरेको छ ।

२ दिने हेल्थ क्याम्पियन अन्तरगत ४० घर र ५० सङ्क्रमितहरुको अवस्थालाइ बुझि कतिपय घरहरुमा चिकित्सक हरुको परामर्श बिना अन्य औषधी तथा एन्टिभाइटिक सेवन गर्दै गरेको हुनाले सङ्क्रमितहरुलाइ त्यो सेवन नगर्न र चिकित्सक हरुको राम्रो परामर्श बमोजिम मात्र औषधि तथा एन्टिभाइटिक हरुको सेवन गर्नुपर्छ भन्दै सल्लाह सुझाव दिएको लिबरल सोसाइटीका सल्लाहकार सुरेस गुरुङले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP