गण्डकी प्रदेश सभाको बैठक आज बस्दै

जेष्ठ २८, २०७८

गण्डकी प्रदेश सभाको बैठक आज बस्दै छ । आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सभासमक्ष प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव अस्वीकृत भएको जानकारी प्रदेश प्रमुख समक्ष गराउने कार्यसूची रहेको छ । 

बैठकको कार्यसूची अनुसार जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त हुँदैछन् । बिहीबारको विश्वासको मतमाथि मतदान हुँदा उनले जनमोर्चा संसदीय दलको ह्विप उल्लंघन गर्दै तटस्थ बसेका थिए ।

जनमोर्चाका सचेतक पियारी थापाले विश्वासको मतको विपक्षमा मतदान गर्न २६ गते ह्विप जारी गरेकी थिइन् । तर थापले मानेका थिएनन् । 
 

No description available.

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP