गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिनुभएको छ । उहाँले बिहीबार राती राजीनामा दिनुभएको हो ।
लगत्तै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री गुरुङलाई बर्खास्त गर्नुभएको छ । बिहीबार राती नै मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुखलाई पत्र पठाएर सो को जानकारी गराउनुभएको हो ।
बुधबार बेलुकाबाट सम्पर्कबिहीन हुनुभएका भनिएका मन्त्री गुरुङ बिहीबार मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने बेलामा संसदमा उपस्थित हुनुभएको थिएन । मनाङेले आफुँ पोखराको साङग्रिला रिसोर्टमा बसेको जानकारी दिनुभएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP