२०७४ मा लामो समय सम्म कर्मचारीले शासन गरेपछि राज्यको नया पुनरसम्रचना अनुसार स्थानिय तहले स्थानिय सरकारको मान्यता अनुसार निर्वाचनबाट प्रत्यक्ष रुपमा चुनिएर जनप्रतिनिधि स्थानिय सरकार सन्चालन गर्ने जिम्मेवारी लिएर आए।जनताले आफ्नो प्रतिनिधिको रुपमा मेयर, उपमेयर , अध्यक्ष ,वार्ड सदस्य छान्ने मौका प्राप्त गरे।स्थानिय सरकारबाट आफ्ना प्रतिनिधि पाए सगै जनताले धेरै कुराको आशा राखे तर त्यो आशा अनुसार प्राप्त गरेको देखिएन।इटहरीमा नेकपा ( एमाले)का तर्फबाट उम्मेदवार बनेका द्वारिकलाल चौधरी मेयर र लक्ष्मी गौतम सहित ८ जना वार्ड अध्यक्ष निर्वाचित भए भने १२ वार्डमा काङ्ग्रेसका उम्मेद्वार वार्ड अध्यक्षमा निर्वाचित भए।स्मरण रहोस इटहरी उपमहानगरपालिकामा २० वटा वार्ड छन र इटहरी सरकार नेकपा( एमाले) र नेपाली काङ्ग्रेसको सम्युक्त सरकार हो जसमा माओबादी केन्द्रका एक जना वार्ड सदस्यको रुपमा सहभागी छन।इटहरी सरकारले आफ्ना तिन वटा बार्षिक नीति तथा कार्यक्रम र बजेट पेश गरि काम गरिसकेको छ ।
बिहतका तीन बजेट असफल ब्जएको देखिन्छ।यो आर्थिक बर्ष २०७८/७९ को बजेट यो सरकारको अन्तिम र महत्वपूर्ण बजेट हो।यो सरकार सफल कि असफल भन्ने कुराको निर्धारण यो बजेटले तय गर्छ यो चुनाबी बजेट पनि हो। बिगतमा इटहरी सरकारले भौतिक पुर्वधारको क्षेत्रमा महत्वपुर्ण काम गरेको देखिन्छ।दिर्घकालिन महत्वका सडक निर्माण , ग्रामीण सडक निर्माणका महत्वपूर्ण योजनाहरु सन्चालन भएको देखिन्छ।कालोपत्रे, ग्राभेल, ड्रेन निर्माणको तथ्याङ्क आधिकारिक रुपमा कतै नभेटिए पनि २० वटा वार्ड्ड घुम्दा धेरै काम भएको देखिन्छ र यो यसले निरन्तरता पाउनुपर्छ।इटहरीका सबै वार्डमा स्वास्थ्य चौकी र वार्ड कार्याल्य बन्ने क्रममा नै छ्न।इटहरी सरकारले आफ्नो बजेटमा ल्याएका सार्वजनिक सौचालय जस्ता थुप्रै योजना हालसम्म पूरा गर्न नसक्नु दुखदायी छ।सामान्य योजनाहरु पनि कार्यान्वयन गर्न नसकेको इटहरी सरकारले जनताको पक्षमा आहा भन्न सकिने कुनै विशेष रचनात्मक कार्यक्रम हालसम्म ल्याउन नसकेको तितो यथार्थ सबै सामु छर्लङ छ।
इटहरी सरकार अन्धाधुन्ध हचुवामा कर्मचारिको डिजाइनमा चलिरहेको प्रष्ट देखिन्छ।जनताले छानेका जनप्रतिनिधि क्धमतावान, योग्य नहुदा इटहरीबासिले आशा गरे अनुसार जनताको पक्षमा इटहरी सरकारले काम गर्न सकेको देखिएन यसका जिम्मेवार पक्ष खबर्दारी र निगरानी नगर्ने जनता,नागरिक समाज र सरकारका साझेदार दल हुन।इटहरी सरकारको पहिलो कार्यकाल हचुवामै चलेको यथार्थ लुकाएर लुक्दैन।इटहरी सरकार असफल हुनुको प्रमुख कारण भने असक्षम र अदुरदर्शी भिजनबिहिन बहुलठ्ठी नेतृत्व हो।यो दुराशाय होइन यथार्थ हो।इटहरी सरकारले बिगतमा जे जस्तो काम गरेता पनि आफ्नो कार्यकालको यो अन्तिम समयमा केही रचनात्मक काम गर्नसके कार्यकाल सफल हुनसक्छ, आम नागरिकले हेर्ने दृष्टिकोण सकारात्मक हुनसक्छ।आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटमा देहायका कार्यक्रम समाबेश गर्न सुझाब दिएको छु।यो मेरो ब्यक्तिगत होइन आम युवा र इटहरीबासिको पक्षमा छ भन्ने बिश्वास छ।
(१) इटहरी उपमहानगरको भवन रहेको जग्गालाइ आफ्नो नाममा ल्याएर सो जग्गालाइ कमर्सियल प्रयोजनमा लगाउने र आफ्नो प्रशासनिक भवन इटहरी ४ को अफ्नो जग्गामा कमर्सियल सम्रचनाको बनाउने जसको लागि बजेट बिनियोजन गर्ने।
(२)इटहरीको डुबान समस्याको स्थायी समाधानका लागि ढल ब्यवस्थापन र ड्रेनेजको लागि मास्टर प्लान तयार गरि सङघ, प्रदेश र स्थानिय सरकारको समन्वयमा बहुबर्षिय योजना सन्चालन गर्ने र सो का लागि बजेट बिनियोजन गर्ने।
(३)निम्न आय भएका सिमान्तकृत पिछडिएका १००० जनताको रु एक लाखको निशुल्क स्वास्थ्य बिमा गर्ने जसको लागि बजेट बिनियोजन गर्ने।
(४) इटहरीमा एउटा मेडिकल कलेज सहितको सुबिधा सम्पन्न अस्पताल निर्माणका लागि जग्गा ब्यवस्थापन गरि संघ , प्रदेश, स्थानिय सरकार र निजि क्षेत्रको लगानिमा सम्रचना निर्माण गर्ने जसको लागि आवश्यक श्रोत ब्यवस्थापन गर्ने।
(५)युवा लक्षित कार्यक्रमलाई परिणाममुखी बनाउन ब्यवसायिक सिप मुलक तालिम सन्चालन गर्ने र ब्यवसाय गर्न चाहने युवालाइ बैंक तथा सहकारीसगको समन्वयमा बिना धितो रु पाच लाख ब्याज अनुदान्मा उपलन्ध गराउने र ब्याज बापतको रकम इटहरी सरकारले उपलब्ध गराउने र सो को लागि बजेट बिनियोजन गर्ने।
(६)कृषिमा लाग्ने युवाका लागि तालिम, बिउबिजन र सहुलियत दरमा ऋण उप्लब्ध गराउने ब्यवस्था मिलाउने।
(७) इटहरी उपमहानगरका २० वार्डमा ओपन जिम पार्क निर्माणका लागि बजेट बिनियोजन गर्ने।(८)इटहरी अस्पताललाई विशेषज्ञ सेवा सहितको सुबिधासम्पन्न अस्पतालको रुपमा बिकस गर्ने र सो को लागि बजेट बिनियोजन गर्ने।
(८)महेन्द्र र कोशी राजमार्गका भिड घटाउन बैकल्पिक स्थायी मार्गहरु ब्यवस्थापन गरि कडाइका साथ प्रयोहमा ल्याउने र सो का लागि आवश्यक बजेट ब्यवस्थापन गर्ने।
(९)निर्माणाधीन सडक ,बनिसकेका सडक , ऐलानी पर्ती जाग्गा, खोला किनारमा सामजिक संघ सस्था लगायतको सहभागितामा अक्सिजन बढि दिने, फलफुल, आकर्षक फुलका बिरुवा रोप्ने र सो को रेखदेखको जिम्मेवारी सामाजिक संघ सस्थालाइ दिई राम्रो गर्नेलाइ बाताबरण दिवसमा पुरस्कृत गर्ने ब्यवस्था मिलाउने।
(१०)सुबिधा सम्पन्न कोल्ड स्टोर सहितको कृषि बजारको निर्माण गर्ने आवश्यक बजेट संघ, प्रदेश र स्थानिय सरकारको समन्वयमा तयार गर्ने।
(११) सडकमा लगाउदै आइएका सबै हाट बजार ब्यवस्थित गरि सडक बाहिर सन्चालन गर्ने ब्यवस्था मिलाउने।
(१२) स्थानिय सरकारका राजस्व सम्बधी सबै सेवाको भुक्तानी बैंक तथा अनलाइनबाट हुने ब्यवस्था मिलाउने।
(१३)घरनक्सा तथा सिफारिसका कामहरु अनलाइनबाट हुने ब्यवस्था मिलाउने।
(१४)जनताको जानकारी र सुचनाको लागि हटलाइन र टोल फ्री सेवा उपलब्ध
१५) डिजिटल घर बहाल कर लागू गरि डिजिटल भुक्तानीको ब्यवस्था मिलाउने।
(१६)सरकारी बिध्यालयको गुणस्तर सुधार गर्ने र सबै बिध्यालयमा खेलकुद,गित संगीत, नृत्य लगायतको अनिबाॠ ब्यवस्था गराउने।
(१७)निम्न आय भएका परिवारका सन्तानलाइ निशुल्क कपडा जुत्ता ब्यागको ब्यवस्थापन गर्ने र भर्ना दरको गम्भीर अनुसन्धान गरि अनुगमन गर्ने।(१८)बिध्यार्थी र शिक्षकको अनुपात मिलाइ शिक्षक ब्यवस्थापन गर्ने।
(१९) धेरै बिध्यार्थी अध्ययन गर्ने बिध्यालयलाइ बस उपलन्ध गराउने।
(२०) टोल बिकास सस्थालाई अधिकार सम्पन्न बनाइ फोहोरलाई मोहोर बनाउने सीप सिकाइ फोहोर ब्यवस्थापन, सरसफाइ तथा कौशी खेती लगायतका काममा लगाउने।
(२१)सबै भित्री बाटो निर्माण गर्दा टायल र मुख्य सडक निर्माण गर्दा अस्पाल्ट प्रयोग गर्नैपर्ने नियम लागू गर्ने।
(२२) सबै खोला तथा पैनीको भुभाग सिमा यकिन गरि सरसफाइ तथा अबिध सम्रचना हटाउने योजना लागू गर्ने।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP