खोप किन्ने अनुमति प्रदेश १ ले माग्यो

दिप खबर
जेष्ठ २७, २०७८

प्रदेश १ सरकारले संघीय सरकारसँग कोरोना खोप खरिदको अनुमति माग गरेको छ। प्रदेश १ कि सामाजिक विकासमन्त्री उषाकला राईले समयमा खोप उपलब्ध नगराए खरिदको अनुमति दिनुपर्ने बताएकी हुन्। ‘कि प्रदेशका नागरिकलाई पुग्ने खोप समयमा दिनुपर्‍यो’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले भनिन्, ‘नभए खरिद गर्न प्रदेशलाई अनुमति चाहियो।’

मन्त्री राईले कोरोना संक्रमण नियन्त्रण गर्न खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाँडो प्रवन्ध गर्न आग्रह गरेको सुनाइन्। विज्ञहरूले कोरोनाको तेस्रो लहर सुरु हुने बताइरहेकाले तयारी गर्न आवश्यक देखिएकाले खोपमा जोड दिएको राईको भनाइ छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP