विश्वासको मत लिन प्रदेशसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री

जेष्ठ २७, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् ।

आजको प्रदेशसभा बैठकमा गुरुङले गण्डकीलाई विकासतर्फ अगाडि बढाउनका लागि विश्वासको मत दिन आग्रह गरे । “म पूर्ण कार्यकाल गण्डकी प्रदेशको सबलीकरण होस् भन्ने चाहन्छु,” उनले भने, “विश्वासको मत जाहेर गर्नुहोस्, म गण्डकीलाई विकासतर्फ अगाडि बढाउनेछु ।”

अहिले उनको प्रस्तावमाथि छलफल भइरहेको छ । त्यसपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP