सुनसरीमा आज बाट निषेधाज्ञा खुकुलो

दिप खबर
जेष्ठ २७, २०७८

सुनसरीमा आज बाट निषेधाज्ञा खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले त्यस्तो निर्णय गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खाद्यान्न लगायत विक्रि वितरणमा सहजता ल्याउन केहि मात्रामा निषेधाज्ञा खुकुलो बनाउन लागिएको बताउनु भयो । प्रजिअ ढकालका अनुसार खाद्यान्न लगायत, स्टेसनरी, माछा, मासु, दुध र फलफूलको विक्ति वितरणलाई सहज बनाइने छ ।

बैठकको निर्णय सँगै सुनसरीमा आजबाट खाद्यान्नका पसल (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष) समेत विहान १० देखि अपरान्ह ३ बजे सम्म खोल्न दिइने प्रशासनले जनाएको छ । उसले सकेसम्म उवासंघ र स्थानीय तहले होम डेलिभरीको व्यवस्था मिलाउनु पर्ने भनेको छ ।

यस्तै सुनसरी प्रशासनले दिएको जानकारी अनुसार दुधडेरी तथा माछा,मासु पसल विहान १० बजे सम्म र बेलुका ४ देखि ७ बजे सम्म खोल्न पाइने छ । फलफूल तथा तरकारी संकलन तथा ढुवानी भने निर्वाध गर्न पाइने प्रशासनले जनाएको छ ।बैठकको निर्णय अनुसार फलफूल तथा तरकारी विक्रिको हकमा भने विहान १० देखि ३ बजेको अवधि भित्र ठेला गाडा समेतमा राखी घरघरमा पुर्याउन सकिने छ । यद्यपि, बैठकले सब्जी मण्डी, गुद्री, हाट बजारमा बिक्रि गर्न र त्यस्तो बजार लगाउन भने नपाइने भनेको छ ।यसैगरी डीसीसीएमसीले स्टेसनरी पसल समेत १० बजे देखि ३ बजे सम्म खोल्न दिने निर्णय गरेको छ ।

प्रशासनले त्यस बाहेकका यस अघिका अन्य निर्णय भने यथावत रहने जनाएको छ ।सुनसरी प्रशासनले देहायका कार्य गर्दा स्वास्थ्यका मापदण्ड पालना भए नभएको भन्ने विषयमा भने निगरानी गरिने जनाएको छ । उसले उल्लंघन गरे नियम बमोजिम कार्वाही गरिने स्पष्ट पारेको छ ।

साथै बैठकले फ्रन्ट लाइनमा रही कार्यरत सुरक्षाकर्मी लगायत बैंक तथा वित्तिय संस्थाका कर्मचारी, व्यापारी तथा कानुन व्यवसायीहरुका लागि खोपको व्यवस्था मिलाउन प्रदेश सरकार समक्ष माग गर्ने निर्णय समेत गरेको छ ।सोही बैठकमा सहभागी उद्योग वाणिञ्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले व्यापारी,कामदार र तिनका परिवारको हकमा खोपको सुनिश्चितता मिलाउन प्रजिअ समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । सुनसरीमा जारी निषेधाज्ञाको अवधि भने जेठ ३१ गते मध्यराती सम्म कायम छ ।

FB_IMG_16232408298006859

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP