सुनसरीको इटहरी उपमहानगरपालिका ४ बगैँचाटोलमा एक महिलाको सुतेकै ठाउँमा मृत्यु भएको छ । खोटाङ घर भई इटहरीमा डेरा गरी बस्दै आएकी ३५ वर्षिया सुनिता राइ सुतेकै ठाउमा मृत भेटिएकि हुन् ।
राति खाना खाएर सकुशल सुतेकि श्रीमति बिहान अबेर सम्म पनि नउठेपछि उठाउन पुग्दा मृत अवस्थामा फेला परेको उनका श्रीमानलाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घटनाको अवस्था हेर्दा हत्या भए जस्तो नदेखिने तर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरी डिएसपी अर्जुन केसीले बताए । मृत भेटिएकि महिलाको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि प्रतिस्ठान लगिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP