बिहिबारबाट सुनसरीमा लकडाउन खुकुलो गर्ने निर्णयः यि पसल खोल्न पाइने

दिप खबर
जेष्ठ २६, २०७८

सुनसरीमा जारी निषेधाज्ञा बिहिबार (भोलि) देखी केही खुकुलो गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीको बुधबार(आज) बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो ।

बैठकले जिल्लामा रहेका खाद्यान्न, स्टेसनरी, फलफूल तथा तरकारी पसल बिहीबारबाट खोल्न दिइने भएको छ । तरकारीको हकमा भने घुमाएर बेच्न पाइने प्रशासनले जनाएको छ । घरमै गएर बिक्री वितरण गर्न पाइने भएपनि हाटबजार, गुद्री, सब्जी मण्डी जस्ता स्थानमा भने प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, दूध, माछामासु बिहान १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ । अन्य समयमा भने बन्द गर्नुपर्ने प्रशासनले जनाएको छ । यसअघिका अन्य निर्णयहरु भने यथावत् नै रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP