चितवनमा निषेधाज्ञा एकसाता थपियो

जेष्ठ २६, २०७८

चितवनमा जारी निषेधाज्ञा पुनः एकसाता थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना संक्रमणको दर घट्दै गएपनि जोखिम अझै कायम रहेको भन्दै असार ३ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । 

चितवनमा चाैँथोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहिबार रातिबाट सकिँदैछ ।

चितवनमा दोस्रो लहरको संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा वैशाख १५ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि दोस्रो चरणमा वैशाख ३१ गतेदेखि जेठ १३ गते सम्म निषेधाज्ञा थपिएको थियो । तेस्रो चरणमा जेठ १३ देखी २० गते सम्म निषेधाज्ञाको जारी गरेको थियो भने चौँथो चरणमा जेठ २० गते देखी २७ गतेसम्म निषेधाज्ञा थपिएको हो  ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP