दुई संक्रमितको वीपी प्रतिष्ठानमा मृत्यु

दिप खबर
जेष्ठ २६, २०७८

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई संक्रमित पुरुषको मृत्यु भएको छ।प्रतिष्ठानका सह–प्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार सुनसरी इटहरीका ६२ वर्षीय पुरुष, र मोरङ सुन्दरहरैंचाका ७९ वर्षीय बृद्धको मृत्यु भएको हो।

उनका अनुसार सुन्दरहैंचा नगरपालिका ६ का बृद्धको बुधबार बिहान करिब ६ बजे मृत्यु भएकोहो। जेष्ठ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि बृद्धलाई २२ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

त्यसैगरि, इटहरीका ६२ वर्षीय पुरुषको बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो। प्रतिष्ठानका सह–प्रवक्ता डा. पोखरेलका अनुसार पुरुषमा जेष्ठ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनी जेष्ठ १८ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका थिए। यससँगै प्रतिष्ठानमा हालसम्म २ सय १९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP