वायु सेवा सञ्चालक संघले असार १ गतेदेखि आन्तरिक उडान खुला गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै वायु सेवा सञ्चालक संघले आन्तरिक उडान खुला गर्न माग गरेको हो ।
सरकारले निषेधाज्ञालाई क्रमश खुकुलो बनाउँदै लैजाने तयारी गरेको समाचार प्रकाशमा आइरहेको समयमा आन्तरिक उडान शुरू गर्न वायु सेवा संचालक संघले माग गरेको हो ।
संघका प्रथम उपाध्यक्ष अनोज रिमालले अन्तराष्ट्रिय प्रावधान अनुसारका सुरक्षा मापदण्डअनुसार विमान सञ्चालन गर्न तयार रहेको उल्लेख गरेका छन् । २०७८ वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । उपत्यकामा निषेधाज्ञासँगै आन्तरिक उडान बन्द भएका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP