साउथ अफ्रिकामा एक महिलाले दस बच्चाको जन्म दिएकी छन्। विश्वमा यो नै अहिलेसम्मको रेकर्ड हो।
एक महिनाअघि मोरक्कोको मालीमा एक महिलाले ९ वटा बच्चाको जन्म दिएकी थिइन्। त्यो रेर्कडलाई साउन अफ्रिकाकी गोसियामी धमारा सिटहोल नामकी महिलाले तोडेकी छन्।
समाचारअनुसार यी ३७ वर्षीया महिलाले ७ जुनमा दस बच्चाको जन्म दिएकी थिइन्। गर्भवती भएका बेला डाक्टरले ६ वटा बच्चा जन्मिन सकिने बताएका थिए। उनका पतिले भने ८ वटा बच्चा जन्मिन सक्ने अनुमान गरेका थिए।
दस वटा बच्चा जन्मिएपछि उक्त दम्पती खुसी भएको बताइएको छ। अफ्रिकी सञ्चारमाध्यमका अनुसार उनको घरमा खुसियाली छाएको छ। ती महिलाले शल्यक्रियाको माध्यमबाट बच्चाको जन्म दिएकी थिइन्।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP