संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासको आज पेशी तोकिएको छ। दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण दुई दिन स्थगित भएको इजलास आज बस्न लागेको हो। आज दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि आफ्नो लिखित राय पेश गर्ने भएका छन्।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP