बुधबार मुलुकका केही स्थानमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभावका कारण दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।
बिहीबार पनि मुलुकका विभिन्न क्षेत्रमा पानी पर्नेछ। शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP