एजेन्सी। स्लोमेनियाकी टमारा जिदानसेकले स्पेनकी पाउला बाडोसालाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम चारमा स्थान बनाएकी छिन्।
फ्रान्समा यसअघि एउटै खेल जित्न नसकेकी जिदानसेकले यसपटक ३३औं वरियाताकी बाडोसालाई ७–५, ४–६, ८–६ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी हुन्। २३ वर्षीया जिदानसेकले पहिलो चरणमै छैटौं वरियाताकी बियन्का आन्द्रेस्कुलाई हराएकी थिइन्। उनले अब रुसकी एनास्टासिया पाभ्लेयुचेन्कोभाविरुद्ध खेल्नेछिन्।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP