इटहरी : हिमालयन बैङ्क लिमिटेडले इटहरी उपमहानगरपालिकालाई १ लाख १ हजार सहयोग गरेको छ । कोरोना महामारी व्यवस्थापन र नियन्त्रणको लागी बैङ्कले सो रकम बैङ्कको इटहरी शाखाले कार्यालयमै मेयर द्वारीकलाल चौधरीलाई रकम हस्तान्तरण गरेको हो ।
उपमहानगरपालिकाले केही दिन अगाडी सहयोगकोलागी आग्रह गरेको र केन्द्रीय कार्यालयबाट अनुमति पाएकाले सोमबार रकम हस्तान्तरण गरिएको शाखा प्रमुख सुनिल सापकोटा बताए ।
सो रकम आइसोलेसन सञ्चालन र बिरामीलाई खाना खुवाउनको लागी खर्च गरिने इटहरी उपमहानगरपालिकाले जनाएको छ । मेयर चौधरीले धन्यवाद ज्ञापन गर्दै बैङ्कको प्रगतिको कामना गरेका छन्।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP