टोकियो ओलम्पिक कमिटीका लेखा प्रमुखले गरे आत्महत्या

टोकियो ओलम्पिक कमिटीका लेखा प्रमुखले गरे आत्महत्या

टोकियो ओलम्पिक आउन केहि समय बाँकी रहेका बेला सो जापान ओलम्पिक कमिटीका लेखा प्रमुखले आत्महत्या गरेका छन । जापानी सञ्चार माध्यमका अनुसार जापान ओलम्पिक कमिटीका लेखा प्रमुख यासुशी मोरियाले ज्यान गुमाएका छन ।

५२ बर्षे यासुशीले गुडिरहेको रेलमा हाम फालेर ज्यान गुमाएको बताइएको छ । उनले हाम फाल्दा ट्रेनले ठक्कर दिएको र तत्कालै उनले ज्यान गुमाएका हुन ।

उनको मृत्युको बारेमा अनुसन्धान भइरहेको छ भने पुलिसले यसलाई आत्महत्या भनेको छ । तर यसकोस विस्तृत जानकारी अनुसन्धानपछि मात्र दिने बताएको छ ।

कोरोनाका कारण प्रतियोगिताको विषयमा अन्योल नै रहेका बेला ओलम्पिक कमिटीको प्रमुखले आत्महत्या गर्नुले ठूलो रहस्य रहेको अनुमान गरिएको छ । जुलाई २३ बाट अगष्ट आठसम्म हुने प्रतियोगिताका लागि जापानमा अझैपनि जनताले रद्द गर्नुपर्ने बताइरहेका रहेका छन । तर अन्तराष्ट्रिय ओलम्पिक कमिटी र आयोजक कमिटीले जसरी पनि हुने बताउँदै आएका छन ।