सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कांग्रेसले पनि विश्वासको मत दिने

दिप खबर
जेष्ठ २५, २०७८

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेपाली कांग्रेसले पनि समर्थन गर्ने भएको छ । कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई समर्थन गर्ने र आवश्यक परे विश्वासको मत दिने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलका सचेतक टेकबहादुर रैकाले जानकारी दिए ।

एमाले माधव पक्षका १७ जना सांसदले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री भट्टको पद सुरक्षित छ । माओवादीका १३ जना सांसद छन् । सरकारलाई बहुमतका लागि २७ जना सांसदको समर्थन चाहिन्छ । तर माओवादी र एमाले माधव पक्षका सांसद जोड्दा ३० पुग्छ ।

सोही कारण मुख्यमन्त्री भट्टको पद सुरक्षित देखिएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP