खाना अपच भएमा यस्ता छन् घरेलु उपायहरु

खाना अपच भएमा यस्ता छन् घरेलु उपायहरु

पाचन प्रणालीमा गडबडी भएर खाना नपच्नुलाई अपच भन्ने गरिन्छ। कहिलेकाही मानिसहरुलाई खाना अपच भएर समस्या हुन्छ । यदि हामिले एउटा खाना नपच्दै अर्को खाना खाएमा राम्रोसँग पच्न पाउदैन । यस्तो बेला पेटमा उकुसमुकुस हुने अथवा अफ्ठ्यारो महशुस हुने गर्छ । यस्तो समस्या यस्ता घरेलु उपायहरु अपनाउनुहोस् । 

-प्रशस्त पानी पिउने

-मनतातो पानीमा मह र कागतीको रस मिसाउनुहोस् र खाली पेटमा खाने । यसले बिस्तारै समस्या कम हुँदै जान्छ । 

-अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने  

-घ्यूकुमारीको जुस वा अमला चिजहरु खाने । यसले अपच कम गर्ने र पाचनशक्ति पनि बलियो हुन्छ ।

-अपच भएमा पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएर अचार बनाएर खानासँग खाएमा पनि ठिक हुन्छ ।  

-गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाने ।

-पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने