एक वर्षभन्दा कम उमेर समूहका शिशुलाई खुवाइने ‘डी थ्री’ नामक औषधि सुनसरीको इटहरीमा रहेका मेडिकलले केरमेट गरेर बिक्री गरेको खुलासा भएको छ । आज ९बुधवार० इटहरी उपमहानगरले गरेको बजार अनुगमनका क्रममा खुलेआम बच्चालाई खुवाउने सनलाईट ‘डी थ्री’ नामक औषधीको बनेको मिति र सकिने मिति केरमेट गरेको औषधी बिक्री गर्ने गरेको खुलेको हो ।
केही दिनअघि इटहरीमा एक व्यक्तिले सो औषधि आफ्नो शिशुलाई खुवाउँदा नकारात्मक असर देखिएको भन्दै उपमहानगरपालिकामा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा इटहरी उपमहानरपालिकाले आज (बुधवार) इटहरीमा अनुगमन गरेको हो। अनुगमनको क्रममा इटहरीका नाम चलेका मेडिकलहरू इटहरी सामुदायिक अस्पताल, कलश पोलिक्लिनिक र उक्त औषधी सप्लाई गर्ने सप्लार्यसलाई टोलीले हिल गरेको छ । भारतबाट आयात हुने उक्त औषधीलाई नक्कली स्टिकर टाँसेर खुलेआम बिक्री गरेको भन्दै ताला लगाइएको इटहरी उपमहानगरपालिका राजस्व शाखा प्रमुख नवीन भट्टराईले जानकारी दिए ।
बालबालिकाका लागि आवश्यक सो औषधिमा केरमेट भएको भन्दै उजुरी परेकाले उपमहानगरले अनुगमन गर्दा यस्तो अवस्था भेटिएको भट्टराईले बताए ।
यसको थोक बिक्रेताकहाँ जानुअघि इटहरीका विभिन्न फार्मेसीमा अनुगमन गरिएको थियो । सबै फार्मेसीमा एकै प्रकारकै समस्या पाइएपछि अनुगमन टोली यसको थोक बिक्रेता ‘एरव मेडिकोस् एण्ड ट्रेडिङ’ मा पुगेको थियो । यसका सञ्चालक बासुकी सुमन झाले आफूले केही महिनाअगाडि नै यो औषधि बिक्री नगरेको बताएका थिए । तर, त्यहाँ अनुगमन गर्ने टोलीले एक साताअगाडि मात्र अर्थात् गत जेठ ७ गते अन्तिम पटक रामधुनीको झुम्कामा रहेको एक मेडिकलसँग कारोबार भएको भेटेपछि जवाफ मागेको थियो । त्यो बेला सञ्चालक झाले आफ्नो गल्ती भएको स्वीकार गरेका थिए। । अब सञ्चालकलाई के कारबाही गर्ने विषयमा बिहीबार उपमहानगरपालिकाको कार्यालयमा बैठक बसेर ठोस निर्णय गर्ने शाखा प्रमुख भट्टराईले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP