देशबन्धु वस्नेत (अजित) नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं द्धिराष्ट्रिय तथा एनआरएन फोरम सभापति रहेका हुन।उनले आर्थिक वर्ष २०७८।८९ को बजेट बारे आफ्नो प्रतिक्रिया राखेका छ्न ।
बजेटमा कोरोना विरुद्धको भ्याक्निस खरिद र यसको रोकथामका लागि ठूलो रकम विनियोजन गरिएको छ । यसले गर्दा उद्योगी व्यवसायीको मनोवनल उच्च बनाउनुका साथै कार्यक्षेत्रमा जान प्रोत्साहन गर्नेछ ।
स्टार्टअपको १ प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म विनाधितो कर्जा दिने भनेको छ । यसले युवाहरुमा सकारात्मक सन्देश जान्छ भने आगामी दिनमा देशमै नयाँ इनोभेशनका लागि युवाहरु केन्द्रित हुनेछन् ।
यस पटकको बजेटमा एनआरएन स्मार्ट कार्डको कुरा उठाइएको छ । हामी देशमा एनआरएनका साथै वैदेशिक लागि भित्र्याउन पहल गर्दैछौं । यसले विश्वभर छरिएर रहेका गैर आवसीय नेपाली दाजुभाईलाई समेट्न सकिने छ ।
अहिले उद्योगी व्यवसायीहरु कोरोना महामारीबाट आफ्नो उद्योगधन्दा संचालन गर्न नसक्ने अवस्थामा छन् । बजेटले उद्योगी व्यवसायीलाई जुन सहुलियत कर्जा उपलब्ध गराएको छ जुन एकदमै सह्रानीय विषय हो ।
कर्मचारीलाई १० दिनको भ्रमणभत्ता सहितको विदा दिने भनेको छ यसले आन्तरिक पर्यटन वृद्धिका साथै पर्यटन व्यवसाय प्रवद्र्धनका लािग सहयोग गर्ने छ । यसैगरी नेपालमा आउने विदेशीलाई निशुल्क भिषा दिने व्यवस्था गरेको छ । यसले पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै कोरोनाबाट ग्रसित होटल व्यवसायलाई गति दिन सहज हुन्छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP