सहयोगी मन : आश्रम देखि प्रशाशन सम्मलाई सहयोग

सहयोगी मन : आश्रम देखि प्रशाशन सम्मलाई सहयोग

कोरोनाको दोस्रो लहर चले सगै धेरैको आयआर्जन ठप्प भए पछी धेरै मानिसलाई दैनिक छाक टार्न मुस्किल भए पछी इटहरीको विभिन्न युवा व्यावसायि तथा युवा समाजिक अभियान्ताले छाक बाढौ ,जिउने आशा बाढौ भन्ने मूल उदेश्यका साथ सुरु भएको एउटा अभियान हो सहयोगी मन ।

सहयोगी मनका संयोजक मिलन कार्कीका अनुसार सहयोगी पसल ,एमएसके इन्टरप्राजेज,आश्रय नेपाल  ,वि-ब्राण्ड इन्टरनेशनल ,कमेरो कन्सल्टेन्सी ,लायन्स क्लब अफ इटहरी इनोभेसन र नेपाल कम्पो खुकुरी मार्सल आर्ट संघको सयुक्त सोचमा अभियान सुरु भएको हो।

May be an image of one or more people and people standing

अभियानले सुरुवाती समयमा इटहरी उपमा वडा ९ मा पर्ने मल्लिक बस्तिका २५ घरमा अतिआवश्यक  खाध्य साम्रगी र तरकारी सहयोग गरेको थियो भनी ,माया घर नेपालमा अतिआवश्यक  खाध्य साम्रगी ,पोषण सामाग्री , नि:सहाय बालबालिका सेवा आश्रममा खाध्य साम्रगी ,पोषण सामाग्री , इलाका प्रहरी कार्यलयलाई फेस शिल्ड,अक्सिमिटर ,मास्क ,सेनिटाइजर,ग्ल्बस आदि र इटहरी उपमाले संचालन गरेको आइसुलेशनका लागि इनर्जी ड्रिक ,सरसफाई सामाग्री र सुपजन्य साम्रगी सहयोग गरेको अभियानकर्मी शम्भु  राईले दिप खबरलाई जानकारी दिए ।

No photo description available.

अभियानका अर्का अभियानकर्मी सहयोगी पसलका सी.ई.ओ सरोज श्रेष्ठका अनुसार सहयोगी मनले अझै इटहरीका केहि ठाउँमा  राहात बितरण गर्ने योजना बनाएको र अन्य ब्यक्ति तथा सस्थालाई  पनि सहयोगी मनमा  जोडिन आव्हान  गर्नु भएको छ भनी राहात वितरणमा सहकार्य गर्ने अम्बाल एशिया ग्रुप एच के लिमिटेड.(हंगकंग ) खालि सी-सी बोतल फर कज (अष्ट्रेलिया )  , एन .के मार्ट ,नेपाल बजार बिक्रि प्रतिनिधि  संघ ,कोशी इकाई समिति ,कि फुड इन्टरनेशल प्रालि , सहयोगी मन फुड इन्टरनेशनल , नेपिन इन्टरनेशनल प्रा. लि. , राइट इन्टरनेशनल , हेल्दी फूड प्रा लि ,त्रिनेत्र फुड तथा प्याकेजिङ प्रा.लि. , जस्मिन मसला ,रियल कर्नफ्लेक्स , फ्रुट एग्रो प्रा लि ( सिम्प्ली जुश ) र एलिना कटुवाल/चान्स आचार्यलाई सहकार्यका लागी धन्यवाद  प्रकट गरेका छन ।

May be an image of one or more people and people standing

माहामारीलेको समय छाक बाढौ ,जिउने आशा बाढौ भन्दै सहयोग जुटाउन दिनरात लागि परेको र यो असल कार्यमा सहयोगी मन खोज्दै गरेको सहयोगी मनकको अभियानकर्मी तथा लायन्स क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष  दिपक पोखरेलले जानकारी  दिए ।

No description available.

त्यस्तै खालि सी-सी बोतल फर कज (अष्ट्रेलिया ) का अभियानकर्मी सुदर्शन पोख्रेलले पनि आफ्नो अभियान सहयोगी मन संग जोडिएर देश शोकमा हुदा सहयोग गर्न पाएकोमा दिप खबरसंग खुशी ब्यक्त गरेका छन ।

No description available.
No description available.